देवदह मदर टङ्ग्स एकेडेमीमा सदनात्मक नाट्य प्रदर्शन प्रतियोगिता सम्पन्न

देवदह // रुपन्देहीको देवदह ५ मितेरी गाउँमा अवस्थित विद्यालय देवदह मदर टङ्ग्स एकेडेमीमा साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत सदनात्मक नाट्य प्रदर्शन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा समाजमा भएका विभिन्न सामाजिक बिकृति र विसंगतिलाई नाटकको माध्यमबाट प्रदर्शन गरिएको थियो।

बिज्ञापन

प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न पात्रको चरित्रलाई जीवन्त प्रस्तुत गरेका थिए। प्रतियोगितामा बाल बिबाह, दाइजो प्रथा, लैंगिक भेदभाव, प्रविधिको दुरुपयोग जस्ता विषयमा नाटक प्रर्दन गरिएको थियो। प्रतियोगितामा डेल्टा सदनका अञ्जली बि.क, खुम बहादुर सारु, सन्जिता गुरुङ ,रिया थापा, मिस्मा राना, रिजन गुरुङ,रबिन थापा,आरती सुनार र अंकिता क्षेत्रीको समूह प्रथम, अल्फा सदनका अस्मिन सुनार,शिवानी आले, इशा पौडेल, राहुल बि.क, अशिम गुरुङ, रोश्नी गुरुङ, प्रिति सुनार, सोनिया सुनार सिजन थापा र स्नेह गुरुङको समूह द्वितीय र बिटा सदनका दिव्या सुनार,सुनिम गुरुङ ,तमन्न सुनार, किरन राना, सुजिन गुरुङ, दिपक सारु, रमित रेश्मी, प्रविन सिंह मडाई, निशान्त घिमिरे, सुसन गुरुङ, आयुस्मा थापा र मौसम जि.सी.को ममूह तृतीय भएका थिए। प्रतियोगितामा निर्णायकको भूमिका दुर्गा जिसी, प्रताप सिंह गुरुङ र सुवास ज्ञवालीले गर्नुभएको थियो भने समय सूचकको जिम्मेवारी नविन चापागाईले गर्नुभएको थियो।

प्रतियोगिता साप्ताहिक क्रियाकलाप प्रमुख मधुसुदन दिशामगरको अध्यक्षता, विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङको प्रमुख आतिथ्यता र शिक्षिका अस्मिता हितानको सञ्चालनमा सम्पन्न भएको थियो।

बिज्ञापन

ताजा समाचार

received_1256193885318360

दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको सम्पुर्ण खेल सम्पन्न

1640766907heavy-rain-tropical-rainforest

दिउँसो र राति देशका केही स्थानमा मौसम बदली भई वर्षा हुने

chhath_in_kathmandu_16_L43WScN1AQ-1068x712

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व सुरु

inbound5465053665042500806

सरस्वती उच्च मावी चाभाका विद्यार्थीलाई वित्तीय साक्षरता

1526551441FIFA

नेपालको फिफा महिला वरीयतामा सुधार

1679627315_MG_0241-1024x683

भैरहवामा बुद्ध दर्शन र जिवनीमा आधारित चलचित्र निर्माण र अन्तराष्ट्रिय बजार सम्बन्धी अन्तरक्रिया

सम्बन्धित खवर

group

विश्व क्षयरोग दिवसको अवसरमा देवदहमा अन्तरक्रिया कार्यक्रम

Janasankhya_1_19kZNWQudk

जनगणनाको पूर्ण विवरण सार्वजनिक