रुपन्देही– नेपाल औषधी थोक व्यवसायी संघ (PDAN) जिल्ला रुपन्देही शाखाले आफ्नो दोस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । देवदह नगरपालिका वडा नम्बर १०, चरेङ्गेमा वनभोज तथा परिचयात्मक कार्यक्रम सहित सम्पन्न सभाले संघको नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट सात सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
संघको अध्यक्षमा कृष्ण जि.सी., उपाध्यक्षमा सुदीप पाण्डे, सचिवमा मनिलाल तिवारी, कोषाध्यक्षमा महेशराज पन्थी, सदस्यहरूमा महेश बिष्ट, सरोज घिमिरे र भेषराज ओस्ती चयन भएका छन् ।
संघका अध्यक्ष श्री कृष्ण जि.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका पूर्व वरिष्ठ उपाध्यक्ष बुद्धि प्रसाद ज्ञवाली प्रमुख आतिथ्यता, नेपाल औषधी थोक व्यवसायी संघ केन्द्रिय सदस्य सरद राज शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष श्री तुफान बाबु श्रेष्ठ, लुम्बिनी प्रदेशका पूर्व वरिष्ठ उपाध्यक्ष श्री बुद्धि प्रसाद ज्ञवाली, नेपाल आयुर्वेद उत्पादक संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्री चन्द्रकान्त खनाल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सचिव श्री बिक्रम कुँवर, पूर्व सदस्य श्री छत्र कुमार क्षेत्री, रुपन्देही जिल्ला सल्लाहकार श्री महेश कुमार श्रेष्ठ, दाङ जिल्ला अध्यक्ष श्री बिमल शर्मा, नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन लुम्बिनी प्रदेश अध्यक्ष श्री चिरन्जीवी पाण्डे, नेपाल अौसधि तथा बिक्री प्रतिनिधि सध बुटवल इकाइ अध्यक्ष राजबन्धु लामिछाने लगायत ५५ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम सुदीप पाण्डेले स्वागत, महेश कुमार श्रेष्ठले धन्यवाद ज्ञापन र मनिलाल तिवारीले सञ्चालनमा सम्पन्न भएको थियो।
यस अधिवेशनले औषधी व्यवसायको सुदृढ भविष्यका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको छ, जसले रुपन्देहीमा औषधी थोक व्यवसायीहरूको हकहित तथा व्यवसायिक विकासमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।