Home » समाज
प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिला पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । पक्राउ पर्नेमा २० वर्षीया विवि कलसुम र ४१ वर्षीया सहबाना रहेका छन् । उनीहरूको साथबाट पाकिस्तानी पासपोर्टसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका […]
बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी तोलामा १५५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, […]
प्रधानमन्त्री वालेन्द्र शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आ–आफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ । अन्तरक्रिया […]
रूपन्देही। देवदह नगरपालिकाले नगर अस्पतालको नवनिर्मित भवनबाट औपचारिक रूपमा सेवा सुचारु गरेको छ। मंगलबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो। विगत केही वर्षदेखि सानो संरचनाबाट १५ शैयाको अस्पताल सञ्चालन गर्दै आएको नगरपालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिने भएको छ। २०७९ साल असारमै […]
नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको विक्रीमा ठूलो घाटा व्यहोर्नु परेको तथ्यांक प्रस्तुत गरेको छ । भारतबाट खरिद गरिएको मूल्यभन्दा कममा बेच्नुपर्दा घाटा भएको निगमले जनाएको हो । आज जारी प्रेस विज्ञप्तिअनुसार निगमले ३१ मार्चमा प्राप्त मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु. २२१.३२, डिजेल रु. २९४.९९, मट्टीतेल रु. २४३.७० मा खरिद गरिरहेको छ । यस्तै, […]
प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत एपीएफका ओपनर आसिफ शेखले दुर्लभ कीर्तिमान राखेका छन्। उनले जारी खेलमा मधेश प्रदेशविरुद्ध दोहोरो शतक प्रहार गरेका हुन्। १४२ बल खेलेका उनी २०८ रनमा रिटायर्ड हर्ट भए। उनले आफ्नो इनिङ्समा १५ चौका र १७ छक्का प्रहार गरे।
ललितपुरको पटनस्थित दरबार स्क्वायरमा बुधबार भएको विभत्स हत्यापछि धारिलो हतियारसहित भागिरहेका कसुदारलाई नियन्त्रणमा लिने प्रहरी महिला पुरस्कृत भएकी छन् । इमाडोलका सिर्जन नेम्वाङ र सुमित नेम्वाङलाई चक्कु हानेर हत्या गरेपछि चक्कुसहित भागेका सञ्जीव नेपालीलाई प्रहरी प्रभाग, मंगलबजारमा कार्यरत प्रहरी जवान साहाना बोहराले नियन्त्रणमा लिएकी थिइन् । उनलाई शुक्रबार जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र […]
बुटवल उपमहानगरपालिकाले बुटवलकाे अव्यवस्थित व्यापार हटाउने अभियान सुरु गरेकाे छ । बुटवललाई अव्यवस्थित र कुरुप बनाउने ठेला व्यापार तथा सडक पेटीमा जथाभावी व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउन आज बुटवल उपमहानगरपालिकाले विभिन्न संघ–संस्थाहरूको संयुक्त बैठकले निर्णय गरेको हाे। अभियानअन्तर्गत केही दिन माइकिन्ग गरी सूचना दिइनेछ र अटेर गर्नेहरूलाई हटाइने नगर प्रमुख खेलराज पाण्डेले जानकारी दिए ।
नेपाली सेनाले शुक्रबारदेखि चौथो गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ। ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण तथा इतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको नेपाली सेनाको रुद्रध्वज गणका गणपति बिओध रिजालले बताए । पदयात्रामा नेपाली सेनाको अधिकृतको कमान्डमा ४८ जना सैनिक सहभागी छन्। पृथ्वीनारायण शाहको समयमा स्थापना भएका कालीबक्स, सबुज, श्रीनाथ, बर्दबहादुर, पुरानो गोरख र […]
पाटन दरबार स्क्वायरको एक डबलीमा बुधबार साँझ मारिएका २६ वर्षीय सिर्जन नेम्वाङ र ३३ वर्षीय सुमित नेम्वाङको हत्यासँग लागुऔषध दुर्व्यसनीको भूमिका देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दाजुभाइलाई पालैपालो चक्कुले हानेर रगताम्य बनाउने ललितपुर महानगरपालिका–९, भोलढोकाका सञ्जीव नेपाली लागुऔषधका दुर्व्यसनी र डिप्रेसनका बिरामी हुन् । भाइ सुमितले घटना हुनुभन्दा केही घण्टा अगाडि अरु कसैलाई गरेको […]