राजनीति

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

प्रधानमन्त्री वालेन्द्र शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आ–आफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ । अन्तरक्रिया […]

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाले बुटवलकाे अव्यवस्थित व्यापार हटाउने अभियान सुरु गरेकाे छ । बुटवललाई अव्यवस्थित र कुरुप बनाउने ठेला व्यापार तथा सडक पेटीमा जथाभावी व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउन आज बुटवल उपमहानगरपालिकाले विभिन्न संघ–संस्थाहरूको संयुक्त बैठकले निर्णय गरेको हाे। अभियानअन्तर्गत केही दिन माइकिन्ग गरी सूचना दिइनेछ र अटेर गर्नेहरूलाई हटाइने नगर प्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइका लागि जिल्ला सरकारी वकिल कार्यालयको पत्र प्रहरीले प्राप्त गरेको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले भर्खरै जिल्ला सरकारी वकिलको कार्यालयको पत्र प्राप्त भएको नेपाल प्रेसलाई बताए । उनका अनुसार अब जिम्मा जमानी बस्ने मानिस बोलाएर दुवैजनालाई रिहाइ गरिने छ । जेन्जी […]

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

प्रधानमन्त्री बालेन शाहले नेपालले नेपालस्थित विदेशी राजदूत र कूटनीतिक नियोगकमा प्रमुखहरूलाई सरकारको प्राथमकिताबारे जानकारी दिएका छन् । सन्तुलित र व्यावहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने उल्लेख गर्दे १५ वटा सन्देश स्पष्ट रूपमा देखिएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रूपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा […]

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

गृह मन्त्रालयको पहलमा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी लिइएको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको हो । प्रहरी स्रोतले पक्राउ अनुमति लिइए पनि पक्राउको लागि निर्देशन वा अनुरोध आइनसकेको जनाएको छ । देउवा दम्पती अहिले विदेशमा छन् । उनीहरूलाई आवश्यक […]

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहले आज आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् । यसले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय हुने प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले विश्वास गरेका छन् ।

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

रुपन्देहीमा रहेका अर्घाखाँचीको छत्रगञ्जका बासिन्दाले प्रतिनिधि सभा सदस्यहरुलाई बाँदर र बँदेल अंकित मायाको चिनो दिएका छन् । छत्रगञ्ज रुपन्देही समाजले अर्घाखाँचीमा रहेको मुख्य समस्याको सांकेतिक तस्बिरसहितको मायाको चिनो दिएर त्यहाँको वास्तविकताका विषयमा सचेत गराएका हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा रास्वपाबाट निर्वाचित हरिप्रसाद भुसाल र अर्घाखाँचीमा जन्मे हुर्केकी समानुपातिक सांसद मञ्जु […]

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर भएको छ । यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् । नयाँ मर्यादा अनुसार प्रधानमन्त्री शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले छन् । तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । पाचौं वरियतामा गृहमन्त्री गुरुङ रहेका हुन् । छैटौं […]

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने  निर्णय भएकाे सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए । शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय […]

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा गृहमन्त्री गुरुङले मतदाता नामावली, प्रतिनिधिसभा सदस्य र नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश पेश गरेका हुन । गृहमन्त्री गुरुङले ‘मतदाता नामावली पहिलो संशोधन अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, […]