बुटवलमा आजदेखि तीन दिने राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन सुरु भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवल उद्योग वाणिज्य संघको सभाहलमा ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघसंगठनका अध्यक्षहरु, राष्ट्रिय स्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभवप्राप्त व्यक्तित्वहरुको सहभागिता रहने […]
देवदह । नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा देवदह नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयहरूमा “स्टेम (STEM) चेंजमेकर कार्यक्रम” तथा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रम युवाहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (STEM) शिक्षाप्रति रुचि बढाउने, सिर्जनशीलता विकास गर्ने तथा व्यवहारिक जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रममा प्रशिक्षक तथा स्काउट मास्टरहरू सुरज […]
बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको हो । सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपुर्जा दिनुपर्ने प्रदर्शनकारीको […]
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार सम्पन्न बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको स्वास्थ्य मन्त्री खेमबहादुर […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित सातजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । रूपन्देहीको सियारी गाउँपालिका वडा नं. २ का मृतक बेलर कहारको नाममा रहेको जग्गा फर्जी कागजातका आधारमा अन्य व्यक्तिको नाममा कायम गरेको उजुरीमाथि अनुसन्धान […]
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ । विभागले आज बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनमा उल्लेख भए अनुसार अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने छ । हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ […]
तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो । मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा […]
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ । वडाबासी वर्ष ४० का थिरलाल पाण्डेलाई गत शुक्रबार विहान १० बजे तिलोत्तमा वडा नं. ५ निवासी चिनजानका व्यक्ति वर्ष ५२ का मुकुन्द तिवारीले अत्यावश्यक काम भएको भनी वडाकार्यालयमा बोलाएर तीन जनाले आक्रमण गरेका हुन् । आक्रमणपछि गम्भीर […]
शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १०३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति दुई घण्टाको अवधिमा १०३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० गणेश सापकोटाका अनुसार शनिबार बुलेकी ७ बजेदेखि राति ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा विशेष स्वीप अप्रेसन सन्चालन […]
नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले गर्भपतनमा संग्लन डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्न सिफारिस गरेको छ । समितिको सिफारिसका आधारमा डा. रूपाखेतीलाई मेडिकल काउन्सिलले पनि निलम्बन गर्ने निर्णय गरेको छ। काउन्सिलका रजिष्टार डा. सतिषकुमार देवले छानबिन समितिको सिफारिसका आधारमा शनिबार बसेको काउन्सिलको जुम बैठकले तत्कालका लागि डा। सतिष रूपाखेतीलाई निलम्बन गर्ने निर्णय भएको बताए […]