खेलकुद

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी

मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अमेरिकाविरुद्ध शानदार शतक प्रहार गरेका छन् । आज जारी अभ्यास खेलमा नेपाल ‘ए’ बाट खेलिरहेका जोराले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै शतक प्रहार गरेका हुन् । मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गरिरहेको छ । चौथो नम्बरमा आएका जोराले ११३ बलमा १११ रन बनाएर आउट भए । अघिल्लो म्याचमा उनले स्कटल्यान्डविरुद्ध […]

नेपालको शानदार जित, ओमान ८१ रनले पराजित

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको हो। नेपालले दिएको २५६ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो। विनायक शुक्लाले ३६, हमाद मिर्जाले ३४, हस्नइन उल वाहवले २९, हस्नइन शाहले १४ तथा नदीम खानले १२ रन बनाए। बलिङतर्फ नेपालका गुलशन झा एक्लैले […]

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले २५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन जोड्यो। आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको लक्ष्य २५० पार गरे। उनले २४ बलमा ४३ रन जोडे। यस्तै, […]

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुस्थित टियु मैदानमा जारी खेलमा नेपालले २९० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। ९४ बल खेलेका उनी १०० रनमा रनआउट हुन पुगे। यस्तै, विनोद भण्डारीले ५६, […]

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले हार ब्यहोरेको छ। टियु मैदानमा वर्षाले प्रभावित भएको खेलमा नेपाल डिएलएस मेथडमा १०२ रनले पराजित भएको हो। ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६।५ ओभरमा ७ विकेट गुमाएर १५५ रन जोड्यो। दीपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय इनिङ्स खेले। भीम सार्कीले २८, आसिफ शेखले १९, आरिफ शेख र गुलशन […]

भैरहवा–पोखरा विमानस्थल सुनसान, वैदेशिक व्यापारमा शून्य योगदान

नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान नहुँदा वैदेशिक व्यापार समेत नगन्य भएको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२र८३ को ९ महिना (साउन–चैत) मा ४६ लाख ५ हजार रुपैयाँ बराबर आयात भएको छ । यो विमानस्थलबाट निर्यात भने शून्य छ । उता, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै […]

नेपालका लागि जापानी राजदूतसँग कानुमन्त्रीको भेटवार्ता

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा राजदूत टोरूले बधाइ एवं शुभकामना व्यक्त गरे । साथै , कानुन सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषय बदलिँदो विश्व राजनीतिमा बढिरहेको […]

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत एपीएफका ओपनर आसिफ शेखले दुर्लभ कीर्तिमान राखेका छन्। उनले जारी खेलमा मधेश प्रदेशविरुद्ध दोहोरो शतक प्रहार गरेका हुन्। १४२ बल खेलेका उनी २०८ रनमा रिटायर्ड हर्ट भए। उनले आफ्नो इनिङ्समा १५ चौका र १७ छक्का प्रहार गरे।

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला यही महिना नेपालमा आयोजना हुने भएको छ । मध्यपूर्वमा उत्पन्न संकटका कारण गत मार्च १० देखि हुने शृङ्खला स्थगन गरिएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले लिग २ को नयाँ तालीका आज सार्वजनिक गरेको हो । नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुने […]

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिताको ‘बी’ डिभिजन अन्तर्गत मंगलबार भएको खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ। देवदहले सैनामैना क्रिकेट क्लबलाई ७ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो। सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको देवदहले ३३.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनायो। टोलीका लागि रोशन […]