रोजगार

गुल्मीमा माग अनुसारको म्यादी प्रहरी नपुगेपछी आवेदन दिने समय दुई दिन थपियो

गुल्मीमा निर्वाचन म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । माग अनुसार निर्वाचन म्यादी प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो । माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो । नेपाल प्रहरीअन्तर्गत जिल्लामा […]

नेपालमै पहिलो पटक बुटवलमा सिनेमाटोग्राफी र भिडियो एडिटिङ सम्बन्धी विशेष तालिम हुँदै

लुम्बिनी फोटोग्राफर सङ्घको आयोजनामा रुपन्देहीको बुटवलमा नेपालमै पहिलो पटक सिनेमाटोग्राफी र भिडियो एडिटिङ सम्बन्धी विशेष तालिमको आयोजना हुने भएको छ । यही पौष २५, २६ र २७ गते बुटवलको सिद्धार्थ कटेजमा आयोजना हुने लुम्बिनी फोटोग्राफर सङ्घका अध्यक्ष दिनेश अर्यालले जानकारी दिए । संघले पछिल्लो समय एआई सम्बन्धी तालिम गरिसकेको छ । फोटोग्राफी तथा भिडियोग्राफीमा थप […]

रुपन्देही उद्योग संघमा एसी तथा फ्रिज मर्मत तालिम सम्पन्न

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा मेकानिकल र इलेक्ट्रिकलसँग सम्बन्धित उत्पादनमूलक उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागिऔद्योगिक एसी तथा फ्रिज मर्मत विषयक १६ दिने (९६ घण्टे) निःशुल्क तालिम बुटवलमा सम्पन्न भएकोछ। रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षता रहेको कार्यक्रममा बोल्नुहुँदै वहाँलेयो तालिमले उत्पादन गरेको […]

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी […]

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक नम्बर बरियताका कार्कीलाई कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षकमा नियुक्त गरेको हो । उनी महानिरीक्षक नियुक्तिका पहिलो दाबेदार थिए । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक ९इन्स्पेक्टर० दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका […]

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

रुपन्देही बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ । आन्तरिक र विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा दिने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा १ सय ९ कोठासहित होटल सञ्चालनमा आएको हो । यो बुटवलको पहिलो पाँचतारे र यस क्षेत्रको सबैभन्दा ठूलो होटल […]

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याल्न नदिएपछि काठमाडौं महानगरले घरमै राख्न भन्यो

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याल्न नदिएपछि काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो । महानगरपालिकाले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला […]

रुपन्देहीका उद्योगको विद्युत् लाइन काटिएपछि उद्योगी र मजदुर आन्दोलनमा

नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ उद्योगमा बिजुली आपूर्ति बन्द गरेपछि उद्योगी र मजदुर आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणले लामो समयदेखि बक्यौता रकम नतिरेका उद्योगको विद्युत् लाइन काटिएको जनाएको छ । उद्योगीले भने प्राधिकरणको कदम एकतर्फी र अव्यावहारिक भन्दै विरोध गरेका छन् । आन्दोलनमा सहभागी मजदुरले पनि उद्योग बन्द हुँदा रोजगारी संकट गहिरिने बताएका छन् । […]

नर्सहरूलाई न्यूनतम पारिश्रमिक दिलाउने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्। स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा उनले सम्हालेकी छन्। उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन्। देशमा […]

यूएईमा पछिल्लो दुई महिनामा ५१ जना नेपालीको मृत्यु

खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) मा पछिल्लो दुई महिनामा ५१ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ५१ जनाको मृत्यु भएको हो । २०८२ साउनमा ३२ र भदौमा १९ जना नेपालीको मृत्यु यूएईमा भएको हो […]