जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्‍म बढाइएको छ ।

‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी विहान ९ः३० साँझ ५ः३० बजे कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।

मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

हेर्नुहोस् वैशाख १३ गतेको मन्त्रिपरिषदको निर्णयहरु

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी