मतपत्र ढुवानी र मतपेटिकाको सुरक्षा नेपाली सेनाले गर्छ : आयोग

काठमाडौँ । निर्वाचन आयोगले मतपत्र ढुवानीको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिइएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्रको ढुवानी संवेदनशील भएकाले सेनालाई जिम्मा दिइएको बताए ।


स्थानीय तह निर्वाचनको सन्दर्भमा बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले अन्य निर्वाचन सामग्रीको सुरक्षा भने प्रहरीले गर्ने बताए । ‘मतपत्रसँग नेपाली सेना नै ब्याकअप गरिराखेको हुन्छ,’ उनले भने । मतपत्र वैशाख १५ पछि मतदान केन्द्रमा पुग्ने गरी पठाइने पनि उनले बताए । स्थलमार्गबाट मतपत्र पठाउन सम्भव नभएका जिल्लामा हेलिकोप्टरबाट मतपत्र पठाइने तयारी भइरहेको पनि आयोगले जानकारी दिएको छ ।

निर्वाचनका अन्य सामग्री ढुवानीका लागि आयोगले गृह मन्त्रालयलाई पत्र पठाइएको र आवश्यक समन्वय गरी प्रहरीले सुरक्षा प्रदान गर्ने उनले जानकारी दिए । निर्वाचन सामग्री ढुवानीलाई जिपिएसको माध्यमबाट अनुगमन आयोगले गरिरहेको पनि प्रवक्ता पौडेलले बताए । उनले भने, ‘निर्वाचन सामग्री ढुवानीमा आयोगको तर्फबाट एक कर्मचारी जानुहुन्छ । कर्मचारीको मोबाइलमा जीपीएस ट्र्याकिङ सिस्टम हुन्छ राखिएको हुन्छ । सामान कहाँ पुग्यो, पुग्नुपर्ने ठाउँमा पुग्यो कि पुगेन भन्ने ट्र्याकिङ आयोगबाट गरिएको हुन्छ,’ उनले भने ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु