लियो लायन्सको संयुक्त आयोजनामा निशुल्क आँखा शिविर

देवदह । रुपन्देहीको देवदह नगरपालिकामा स्थापना भएको लियो क्लब अफ लर्ड बुद्धको आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

लियो क्लब अफ लर्ड बुद्ध र लायन्स क्लब अफ बुटवल खस्यौलीको संयुक्त आयोजना, देवदह नगरपालिका वडा नं ३ को कार्यालयको सहयोग र बुटवल लायन्स आँखा अस्पताल को प्राबिधिक सहयोगमा देवदह नगरपालिका वडा नं. ३, बसन्तपुर स्थित फुलबारी आधारभुत बिधालयको प्रांगाणमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा १ सय २० भन्दा बढिले आँखा परिक्षण साथ साथै बिपि चेक जाच गरेका आयोजक संस्थाको अध्यक्ष शंकर पंगेनीले जानकारी दिनुभयो ।

शिविरमा नि:शुल्क आँखा जाँच गर्नुका साथै नि: शुल्क औसधि वितरण पनि गरिएको थियो । शिविरमा १२ जना मोतिबिन्दुको बिरामी भेटिएका थिए। उक्त शिविरमा मधुमेहबाट आँखामा असर देखा परेका बिरामिहरुलाई भने शल्यक्रिया लागि बुटवल लायन्स आँखा अस्पताल रिफर गरिने र शल्यक्रिया खर्च निशुल्क गरिने आयोजकले बताउनुभएको थियो ।

आँखा शरीरको  महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको हुदा यो शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक लियो अनिस पोखलले बताउनु भेएको थियो ।

कार्यक्रममा लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष शंकर पंगेनी र लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्ष विष्णु उपाध्याय को संयुक्त अध्यक्षतामा, देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष  बैकुण्ठ कुवरको प्रमुख आतिथ्यता , फुलबारी आधारभुत बिधालयको सञ्चालक समिती अध्यक्ष ओम प्रसाद न्यौपानेको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु