पोखरा महानगरको उपप्रमुखमा अध्यक्ष प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी सिफारिस

पोखरा । नेकपा (माओवादी) केन्द्रको पोखरामहानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ ।

महानगर कमिटीको सोमबार सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा त्रिपाठीसमेत परेकी हुन् । माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य उनी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन् । पोखरा–२५ हेमजा माइती भएकी उनी प्रकाश दाहालको निधन भएयता कास्कीको राजनीतिमा सक्रिय भएकी हुन् ।

पोखराको प्रमुखका लागि बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । महानगर प्रमुखमा प्रस्तावित गुरुङ पार्टीको कास्की संयोजक हुन् । लामिछाने प्रदेश कमिटीका सदस्य तथा महानगरका निर्वतमान अध्यक्ष हुन् । ०७४ को चुनावमा माओवादी केन्द्रले पोखराको प्रमुखमा लामिछानेलाई अघि सारे पनि अन्तिममा भरतपुरमा रेणु दाहाललाई छाड्दा उनी पछि हटेका थिए ।

उपप्रमुखका लागि त्रिपाठीसहित गोमा ढकाल र सूर्यप्रकास तिवारीको नाम सिफारिस गरिएको महानगर कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले बताए । उपप्रमुखकी उम्मेदवार ढकाल अघिल्लो निर्वाचनमा पनि माओवादीबाट उम्मेदवार थिइन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले पार्टीले तय गरेको मापदण्डमा रहेर उम्मेदवार सिफारिस गरेको बताए ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी