झिमरुकमा राष्ट्रीय जनमोर्चालाई पाखा लाउँदै कांग्रेस र माओवादी मिले

प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा रास्ट्रीय जनमोर्चालाई गठबन्धनबाट पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र बिच चुनावी तालमेल भएको छ।
अध्यक्ष माओवादीले र उपाध्यक्ष काङ्ग्रेसले पाउने गरि झिमरुकमा सहमति भएको विज्ञप्तीमार्फत जनाईएको छ ।
वडातहमा सहमतिको आधारमा पद बाड्फाड गर्ने पनि निर्णय भएको छ । जुन वडामा जुन दलको अध्यक्ष उम्मेदवार बनेमा सोही चुनाव चिन्हमा अरु सदस्यले उम्मेदवारी दिने गरि सहमति गरिएको विज्ञप्तीमा उल्लेख छ ।
उता नौबहिनी गाउंपालिकामा पनि सत्ताधारी दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल भएपछि राष्ट्रिय जनमोर्चा एक्लिएको छ । काँग्रेस अध्यक्षमा र माओवादीलाई उपाध्यक्ष दिने गरि नौबहिनीमा पद बाँडिएको छ। नौवहिनीको वडा नम्वर १ स्याउलीवाङ समाजवादीलाई र तीन/तीन वटा वडा कांग्रेस माओवादीलाई दिने गरि सहमती गरिएको पाइएको छ ।

यसैबीच, माण्डवी गाउँपालिकामा माओबादीको भागमा अध्यक्ष र काँग्रेसलाई उपाध्यक्ष दिने गठबन्धनबीच सहमति भएको छ । यद्यपि सहमती बारे आधिकारिक जानकारी आएको छैन । यसअघि स्वर्गद्धारी नगरपालिकामा कांग्रेसलाई मेयर र राष्ट्रीय जनमोर्चालाई उपमेयर दिने गरि चुनाबी तालमेल भएको छ्। सरुमारानी गाउँपालिकामा पनि कांग्रेसलाई अध्यक्ष र माओबादिलाई उपाध्यक्ष दिने गरि गठबन्धनबीच भागबण्डा टुङ्गिएको छ । अन्य पालिकामा भने तालमेल बारे छलफल जारी रहेको नेताहरुले बताएका हुन।
प्युठानमा दुई नगरपालिका सहित नौ वटा स्थानिय तह छन।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ