वडा नं १ लाई १२७ रनले पराजित गर्दै वडा नं ७ फाईनलमा

देवदह– देवदह क्रीकेट खेल मैदानमा जारी नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगितामा वडा नं ७ फाईनलमा प्रबेश गरेको छ । आइतबार भएकोे सेमिफाइनल खेलमा वडा नं १ लाई १२७ रनले पराजित गर्दै वडा नं ७ फाईनल पुग्न सफल भएको हो ।

टस जितेर वडा नं ७ ले ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ७ ले निर्धारित २० ओभर खेल्दै १ सय ६८ रन बनाउन सफल भएक थियो । वडा नं ७ का लागि रोहित वाग्ले ३६ बलमा ४९ रन , सुरज दराईले ३६ बलमा ३९ रन र खोम पाण्डेले २१ बलमा ३३ रन बनाएका थिए । बलिङ तर्फ वडा नं १ का फिरोज खानले ४ ओभरमा २५ रन दिदै ४ विकेट लिन सफल भएका थिए ।

१ सय ६८ रनको लक्ष्य लिएर मैदान आएको वडा नं १, ४१ रनमा अल आउट भएको आयोजकले जनाएको थियो । वडा नं १ , १ सय २७ रनले पराजित भएको हो । उक्त म्याच मा रोहित वाग्ले म्यान अफ दि म्याच घोषित भएका थिए।

यसै गरि प्रतियोगिताको फाईनल खेल बैशाख ६ गते दिउँसो २:०० बजे वडा नं ७ र वडा नं १० बिच हुने देवदह क्रीकेट युनिटका अध्यक्ष अजय थापा मगरले जानकारि दिए । प्रतियोगितामा प्रथम हुनेले २५ हजार र ट्रफी , द्वितीय हुनेले १० हजार र ट्रफी र तृतीय हुनेले ५ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा बेस्ट ब्याट्सम्यानले नगद २ हजार ५ सय र ट्रफी, बेस्ट बोलरले नगद २ हजार ५ सय र ट्रफी र ईमर्जिङ्ग पेलेरले नगद रु २ हजार ५ सय र ट्रफी हात पार्ने छ ।

सम्बन्धित खवर

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ

होटल अर्घाखाँची एण्ड लजका सञ्चालक बेडरूममै मृत फेला