वडा नं ५ लाई ८ बिकेटले पराजित गर्दै वडा नं १० फाईनलमा

देवदह– देवदह क्रीकेट खेल मैदानमा जारी नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगितामा वडा नं १० फाईनलमा प्रबेश गरेको छ । शनिबार भएकोे सेमिफाइनल खेलमा वडा नं ५ लाई ८ बिकेटले पराजित गर्दै वडा नं १० फाईनल पुग्न सफल भएको हो ।

टस जितेर वडा नं १० ले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ५ ले निर्धारित २० ओभर खेल्दै ८ बिकेटको क्ष्यतिमा १ सय २२ रन बनाउन सफल भएक थियो । वडा नं ५ का लागि कमल चापागाईंले ४३ रन र सनम गुरुङले १५ रन हानेका थिए । बलिङ तर्फ वडा नं १० का बिबस खातिले ४ ओभरमा १९ रन दिदै ३ विकेट लिन सफल भएका थिए ।

१ सय २२ रनको लक्ष्य लिएर मैदान आएको वडा नं १० ले उक्त रन पूरा गर्दै ८ विकेटले जित निकाल्न सफल भएको थियो । उक्त म्याचमा विवस खातिले ५६ रन र सुबास खड्काले १९ रन हानेका थिए । खेलमा बिबस खाति म्यान अफ दि म्याच घोसित भएका थिए ।

यसै गरि प्रतियोगिताको अर्को सेमीफाईनल खेल भोली दिउँसो २:०० बजे वडा नं ७ र वडा नं १ बिच हुने देवदह क्रीकेट युनिटका अध्यक्ष अजय थापा मगरले जानकारि दिए । प्रतियोगितामा प्रथम हुनेले २५ हजार र ट्रफी , द्वितीय हुनेले १० हजार र ट्रफी र तृतीय हुनेले ५ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा बेस्ट ब्याट्सम्यानले नगद २ हजार ५ सय र ट्रफी, बेस्ट बोलरले नगद २ हजार ५ सय र ट्रफी र ईमर्जिङ्ग पेलेरले नगद रु २ हजार ५ सय र ट्रफी प्राप्त गर्ने छन् ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी