भरतपुरमा कांग्रेस कार्यकर्ताले दिए सामूहिक राजीनामा

भरतपुर चितवन । पार्टीभित्र स्वार्थ केन्द्रित राजनीति हावी भएको भन्दै चितवनको भरतपुर महानगरपालिका वडा नं. – १७ मा कांग्रेसका कार्यकर्ताले राजीनामा दिएका छन् ।

शनिबार एक कार्यक्रम अयोजना गरी वडा समितिका पूर्वसभापति विष्णुप्रसाद सुवेदी, पूर्व वडाध्यक्ष देवनारायण महतोसहित सयौं क्रियाशील तथा साधारण सदस्यले राजीनामा दिएका हुन् ।

राजीनामा गर्नेहरूमा प्रकाश कँडेल, डिलाराम कँडेल, रामु सापकोटा, पुनाखर गैरे, रितनारायण श्रेष्ठ, कृष्णप्रसाद ढकाल, माधवप्रसाद सापकोटा, निर्मला गैतम, मीरा पोखरेल, बलराम कँडेल लगायत रहेका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा जनताका आधारभूत आवश्यकतामा मौन रहेने स्वार्थ केन्द्रित राजनीतिक दुष्चक्रबाट आजित भएको उल्लेख गरिएको छ । उनीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेकामा पनि विरोध जनाएका छन् ।

वडाको विकासमा जनसहभागिताको रकम दुरूपयोग गरिएको, जनप्रतिनिधि कमिसनमा रमाएको, कृषकका समस्याहरूलाई बेवास्ता गरिएको र सडक निर्माण अलपत्र पारिएको विज्ञप्तिमा जनाइएको छ ।

वडा समितिका पूर्व सभापति विष्णुप्रसाद सुवेदीले जनता भन्दा माथि व्यक्तिमुखी राजनीति चलेकोले आफूहरु आजित भएको र पार्टी परित्याग गरी स्वतन्त्र नागरिक मञ्च गठन गरिएको बताए ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी