दोस्रो दिनको क्वाटर फाइनल खेलमा वडा नं ५ र ७ को ख टिम विजयी

देवदह // देवदह क्रीकेट युनिटको आयोजनामा भएको नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता को तेश्रो क्वाटर फाइनल खेल वडा नं ४ को क समूह र वडा नं ५ बिच सम्पन्न भएको छ।

तेश्रो क्वाटर फाइनल खेलमा वडा नं ४ को क टिमलाई २ विकेटले पराजित गर्दै वडा नं ५ बिजयी भएको हो । देवदह क्रीकेट युनिटको खेल मैदानमा भएको खेलमा वडा नं ४ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ४ (क) ले निर्धारित २० ओभरको खेलमा अल आउट हुँदै ८८ रन बनाउन सफल भएको थियो । ८८ रनको लक्ष्य लिएर मैदान आएको वडा नं ५ ले उक्त रन पूरा गर्दै २ विकेटले जित निकाल्न सफल भएको थियो । खेलमा महेश भण्डारी म्यान अफ दि म्याच घोसित भएका थिए । उनेले ३ ओभरमा १० रन दिदै ह्याटि्रक र १ विकेट गरि ४ विकेट लिन सफल भएका थिए ।

त्यस्तै क्वाटर फाइनलको चौथो खेल वडा नं १२ र वडा नं ७ को ख समुह विच भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको वडा नं १० ले निर्धारित २० ओभरको खेलमा १ सय ११ रन बनाएको थियो । १ सय ११ रनको लक्ष्य लिएर मैदान आएको वडा नं ७ (ख) ले उक्त रन पूरा गर्दै ६ विकेटले जित हासिल गरेको थियो । खेलमा पुरन थापा म्यान अफ दि म्याछ घोषित भएका थिए । उनले ९ बलमा १५ रन र ४ ओभर गरि १८ रन दिदै २ विकेट लिन सफल भएका थिए ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु