देवदह //देवदह क्रीकेट युनिटको आयोजनामा भएको नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता को पहिलो क्वाटर फाइनल खेल वडा नं १० र वडा नं ११ बिच सम्पन्न भएको छ।
पहिलो क्वाटर फाइनल खेलमा वडा नं ११ लाई ८ विकेटले पराजित गर्दै वडा नं १० बिजयी भएको हो । देवदह क्रीकेट युनिटको खेल मैदानमा भएको खेलमा वडा नं १० ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ११ ले निर्धारित २० ओभरको खेलमा अल आउट हुँदै ६९ रन बनाउन सफल भएको थियो । ६९ रनको लक्ष्य लिएर मैदान आएको वडा नं १० ले ८ विकेटले जित निकाल्न सफल भएको थियो । उक्त खेलमा अभिषेक राना म्यान अफ दि म्याच घोसित भएका थिए । उनेले ४ ओभरमा ९ रन दिदै ४ विकेट लिन सफल भएका थिए ।
त्यस्तै क्वाटर फाइनलको दोस्रो खेल वडा नं १ र वडा नं ९ विच भएको थियो । पहिले ब्याटिङ गरेको वडा नं १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको थियो । १४५ रनको लक्ष्य लिएर मैदान आएको वडा नं ९ ले ८४ रन बनाई अल आउट भएको थियो । उक्त खेलमा अर्बर शहा म्यान अफ दि म्याछ घोषित भएका थिए । उनले ४ ओभरमा १८ रन दिदै ४ विकेट लिन सफल भएका थिए ।