दारी ग्याङ रुपन्देहीको स्वास्थ्य संयोजकमा खरेल

दारी ग्याङ रुपन्देहीको हिजो बैठकले स्वास्थ्य संयोजकमा सन्तोष खरेल लाई  चयन गरेको छ । जिल्ला अध्यक्ष भरत पौडेलको अध्यक्षतामा गोलपार्क स्थित दुर्गा भगवती मन्दिर परिसरमा बसेको वैठकले स्वास्थ्य संयोजकमा खरेल लाई चयन गरेको बताउदै सल्लाहकार रोहित कार्कीले स्वस्थ क्षेत्रमा रहेको व्यक्ति नै संयोजक बनाउदा कार्यक्रम सफल हुने तर्क गरे । कार्यक्रमा बोल्ने वत्ताहरुले दारी ग्याङ को इतिहासमै पहिलोपटक दारी ग्याङ रुपन्देहीले स्वास्थ्य संयोजक चयन गरेकोमा खुसी ब्यक्त गरे । दारी ग्याङ को देशैभरी केन्द्र, प्रदेश हुदै विभिन्न जिल्लामा जिल्लागत कार्यसमिति रहेको छ ।

दारी ग्याङले विभिन्न क्षेत्रमा काम गरेको बताउदै पुर्व केन्द्रिय अध्यक्ष प्रदिप गैरे ‘बर्बरीक’ भन्छन, विगत देखी नै दारी दारी ग्याङ रुपन्देहीले उत्कृष्ट कार्य गर्दै आएको छ, दुःखी पिडितहरुको दुखमा मलम लगाउने काम गरेको छ ।

बैठकले दारी ग्याङको नयाँ वर्ष २०७९ सालको भित्ते पात्रो प्रकाशन गर्ने, उप(समिति गठन, दारी ग्याङ रुपन्देहीले आगामी शैक्षिक सत्र २०७९ देखि शुरु गर्ने गरि निशुल्क ट्युसन कक्षा सञ्चालन गरिने निर्णय गर्दै सम्पन्न गरेको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु