बुद्ध स्कुलमा विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

प्रदिप ज्ञवाली, सैनामैना / बुद्ध इङलिस स्कुल सैनामैना ७ मा कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा १० विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विदाई एवम् शुभकामना कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको सफल शैक्षिक भविष्यको कामनाका लागि शुभकामना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम विद्यालयका प्राचार्य धर्मराज घिमिरेले विद्यार्थीहरु सधै प्रगति पथमा लम्किरहनुपर्ने बताउनुभयो ।
यस्तै विद्यालयका सह-प्राचार्य शुकदेव ज्ञवालीले कार्यक्रममा बोल्दै यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण नाम रहेको यस विद्यालयको शैक्षिक एवम सर्वाङ्गिण विरासतललाइ अझ माथि पुर्‍याउन सबैहरु लाग्नुपर्ने बताउनुभयो ।
शिक्षक संयोजक अोम प्रकाश अर्याल एवम शिक्षक बालकृष्ण घिमिरेले विद्यार्थीहरु सधै शिक्षा प्रती सकारात्मक हुनुपर्ने भन्दै आउदै गरेको एस इ इ का लागि पनि सफलताको शुभकामान प्रदान गर्नुभयो ।
कार्यक्रममा कक्षा दशबाट बिन्दिया बुढाथोकीले मन्तव्य राख्नुभएको थियो । कक्षा ९ र कक्षा १० का विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुति पस्कनुका साथै आफ्ना अन्तरनिहित क्षमता प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ९ ले कक्षा दशका विद्यार्थीलाई मायाको चिनो खादा र टीका सहित स-सम्मान शुभकामान दिएका थिए । भने कक्षा दशका विद्यार्थीले विद्यालयलाई उपहार र शिक्षक एवम् कर्मचारीहरुलाइ मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रम विद्यालयको कक्षा ९ को छात्र क्षितिज खड्काको अध्यक्षता, विद्यालयका प्राचार्य धर्मराज घिमिरेको प्रमुख आतिथ्यता एवं सह-प्राचार्य शुकदेव ज्ञवालीको विशिष्ट आतिथ्यता सम्पुर्ण शक्षक शिक्षिक एवम कक्षा ९ र १० का विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम कक्षा ९ का विद्यार्थी प्याराजन गुरुङको स्वागत एवम विद्यार्थी सुरज पन्थकोसञ्चालनमा भव्यताका साथमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी