गभर्नर निलम्बन प्रकृया सरकार अस्थिरताको बाटोमा : पूर्वगभर्नर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णयले अस्थिरता को बाटोमा लागेको टिप्पणी गरेका छन् ।

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय आफूले मिडियामा पढेको भन्दै त्यो निर्णय गलत भएको बताए ।

सिम्रिक आवाज संगको कुराकानीमा पूर्वगभर्नर क्षेत्रीले भने ।‘अर्थतन्त्रमा अहिले समस्या छ, स्वायत्त निकायमा सरकारले यसरी हस्तक्षेप गर्न हुने थिएन, यसले अस्थिरता निम्ताउने छ,’

स्थिरता रहेको स्वायत्त निकायमा गरेको हस्तक्षेपले राम्रो संकेत नजाने टिप्पणी क्षेत्रीको छ ।

‘व्यक्तिगत रुपमा सम्बन्ध राम्रो नराम्रो हुनसक्ने भए पनि यसरी चलाउने काम राम्रो होइन,’ क्षेत्रीले भने ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ