गभर्नर निलम्बन प्रकृया सरकार अस्थिरताको बाटोमा : पूर्वगभर्नर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णयले अस्थिरता को बाटोमा लागेको टिप्पणी गरेका छन् ।

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय आफूले मिडियामा पढेको भन्दै त्यो निर्णय गलत भएको बताए ।

सिम्रिक आवाज संगको कुराकानीमा पूर्वगभर्नर क्षेत्रीले भने ।‘अर्थतन्त्रमा अहिले समस्या छ, स्वायत्त निकायमा सरकारले यसरी हस्तक्षेप गर्न हुने थिएन, यसले अस्थिरता निम्ताउने छ,’

स्थिरता रहेको स्वायत्त निकायमा गरेको हस्तक्षेपले राम्रो संकेत नजाने टिप्पणी क्षेत्रीको छ ।

‘व्यक्तिगत रुपमा सम्बन्ध राम्रो नराम्रो हुनसक्ने भए पनि यसरी चलाउने काम राम्रो होइन,’ क्षेत्रीले भने ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी