आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धाटन

रुपन्देही । आधारभुत स्वास्थ्य सेवा केन्द्र देवदह नगरपालिका – ८ रुपन्देहीको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री छबिलाल बिश्वकर्माले भवन उद्घाटन गर्नु भएको हो ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  पुर्व मन्त्री  बिश्वकर्माले अब वडाका सबै स्थानियवासीले घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पाउने बताउनुभयो ।उहाले संघ, प्रदेश र स्थानीय सरकार पनि नागरिकको स्वास्थ्यप्रति संबेदनसिल रहेको बताउनुभयो । उहाले सरकारले सुकुम्बासीलाई जग्गा दिने काम अघि बढाएको बताउदै अब सरकार परिवर्तन भए पनि यो काम नरोकिने बताउनुभयो ।  वडामा  लुम्बिनी बौद्ध विश्व विद्यालयको काम अघि बढेको  जानकारी दिदै बिश्वकर्माले सुनाउनुभयो।

कार्यक्रममा वडाभित्रका स्वास्थय स्वयंसेवीकाहरुलाई  सम्मान गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य  डा. कृष्ण न्यौपाने, देवदह नगरपालिकाको नगर प्रमुख हिरा केसी, नगर उप प्रमुख बिद्या लक्ष्मी गुरुङ , देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापा, देवदह नगरपालिकाको जन स्वास्थ्य अधिकृत काशिनाथ बन्जाडे ,नेकपा एमाले प्रदेश कमिटि सदस्य धुर्व खरेल, नेकपा एमाले जिल्ला सदस्य प्रकाश अर्याल, जिल्ला सदस्य यम राना, जिल्ला सदस्य कृष्ण पौडेल तथा जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी