शान्ति सेनामा खटिएका सुर्खेतका अनिल गुरुङ को कङ्गो आक्रमणमा परि मृत्यु

संयुक्त राष्ट्रसंघको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ।

‘अप्रेशन बाली’ का क्रममा मङ्गलबार घाइते भएका सुर्खेतका अनिल गुरुङको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको आक्रमणबाट गुरुङ घाइते भएका थिए।

उनलाई हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबलऔ २ अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममै उनको मृत्यु भएको सिलवालले जानकारी दिए।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी