दिपेन्द्रको शतकिय प्रहार संगै नेपालले मलेसियालाई ८५ रनले हरायो

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराएकाे छ ।

नेपालले दिएकाे दुई सय २४ रनकाे लक्ष्य पछ्याएकाे मलेसिया १९ ओभर पाँच बलमा एक सय ३८ रनमा अलआउट भयाे । मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए । बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए । यस्तै कुशल भुर्तेल र राेहित पाैडेलले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चाैकाकाे मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै राेहित पाैडेलले ५१ रन बनाए ।

बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए ।
आजकाे खेलमा मलेसिया पराजित भएसँगै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेकाे छ । मलेसिया र पीएनजीकाे समान दुई अङ्क रहे पनि नेट रनरेटकाे आधारमा पीएनजी फाइनलमा पुगेकाे हाे । नेपाल भने यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउँदाे साेमवार हुनेछ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी