भवानीपुरमा एमालेको प्रचार कार्यालय उद्घाटन

सुरज भट्टराई, रुपन्देही। नेकपा एमाले देवदह निर्वाचन केन्द्रीत भएको छ। आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई अपनाउँदै प्रचार प्रसारलाई प्रभावकारी बनाउन एमाले देवदह नगरपालिका वडा नम्बर ४ ले निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन गरेको हो । देवदह-४, भवानीपुरस्थित कार्यालयको नेकपा एमाले रुपन्देही जिल्ला सचिब यज्ञ गैरेले उद्घाटन गर्नुभयो ।

 

सो अवसरमा बोल्दै गैरेले देउवा नेतृत्वको सरकारले अहिले सम्म जनताको पक्षमा काम गर्न नसकेको बताउनुभयो। देउवा सरकारले केपी ओली सरकारले ल्याएको बजेट कटौती गरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य ऋषिराम सापकोटा, क्षेत्रीय सह संयोजक प्रकाश अर्याल, देवदह नगर कमिटी अध्यक्ष टिकाराम चापागाईं, देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नेकपा एमाले देवदह नगर कमिटी सदस्य दिपक चापागाईं लगाएतले बोल्दै आउँदो निर्वाचनमा दुई तिहाई मत ल्याएर एमालेले सरकार चलाउने दाबी गरे ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २६ जना एमालेमा प्रबेश गरेको सो पार्टिले जनाएको हो।

 

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु