नमुना बस्ती बिपन्न परिवारलाई हस्तान्तरण

बुटवल। रुपन्देहीको सैनामैना कञ्चन खोलाको किनारा नजिकै निर्मित नमुना बस्ती आज ( बिहिबार ) हस्तान्तरण गरिएको छ ।

बस्तीमा बनेका १० घर बिपन्न तथा गरीब परिवारलाई हस्तान्तरण गरिएको हो । ३ कोठा र १ शौचालयसहितका घर तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा बनेको हो । संघीय सरकारको १ करोड ८६ लाख ५७ हजार रुपैयाँमा नमुना बस्ती बनाईएको नगरपालिकाले बताएको छ। सैनामैना नगरपालिकामा चक्रपथ निर्माणको काम सुरु भएपछि नमुना बस्तीको निर्माण गरिएको हो । चक्रपथबाट विस्थापित परिवारको लागि नमुना बस्तीमा स्थापित गर्नको लागि घर बनाईएको थियो । घर बनाउँन नसक्दा कष्टकर जीवन विताईरहेका उनिहरुले सुविधा सम्पन्न घर पाएपछि खुशी भएकाछन् ।

नगरपालिकाले कार्यविधि बनाएर आर्थिक रुपमा बिपन्न परिवारको लागि मासिक एक सय रुपैंया शुल्क लिएर घर हस्तानान्तरण गरिएको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बताउनुभयो ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी