बलात्कारको झुठा आरोप लगाउने युवतीलाई साढे तीन वर्ष कैद सजाय

eps10 vector female in prison, illustration silhouette woman in jail

अछाममा बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई साढे तीन वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको ठहर गर्दै कमलबजार नगरपालिकाकी-१९ वर्षीया युवतीलाई कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको जिल्ला अदालतले जनाएको छ ।

अछामकै रामारोशन गाउँपालिका २० वर्षीय युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै ती युुवतीले गत फागुन १० गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

विवाहको कुरा गर्न माघ १५ गते युवक ती युवतीको घरमा गएका बेला राति एकै कोठामा सुतिरहेको अवस्थामा आफूमाथि करणी भएको आरोप युवतीको थियो ।

तर अदालतमा बकपत्र गर्ने क्रममा ती युवतीले युवकले विवाह गरौं भन्दा घरमा मान्छेको मृत्यु भएको र उमेर पुगेपछि बिहे गरौंला भनेका कारण आफूले रिसले मुद्दा दायर गरेको बयान दिइन् ।

उनले ती युवकसँग सहमतिमै करणी भएको समेत स्वीकार गरेको देखिएकाले पीडित भनिएकी युवतीले युवकलाई झुठा मुद्दामा फसाउन खोजेको तथ्य फेला परेको अदालतको फैसलामा उल्लेख छ ।

प्रतिवादीलाई झुठा मुद्दामा फसाउने प्रयत्न गरेबापत ती किशोरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ बमोजिम तीन वर्ष ६ महिना कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु