सरकारले तेजाब आक्रमण र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने

काठमाडौँ — सरकारले तेजाब आक्रमणविरुद्ध र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तेजाब आक्रमणविरुद्ध र यौनहिंसाविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गर्नेछिन् ।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको अध्यादेश जारी गरेको थियो ।

तर सरकारले बेलैमा प्रतिस्थापन विधेयक नल्याएका कारण ती अध्यादेश निष्क्रिय भएका थिए । अघिल्लो सरकारले ल्याएका १५ वटा अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याएका कारण निष्क्रिय भएका थिए ।

 

 

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी