माओवादी र एसले गठबन्धन बिना चुनाव जिते सबै सम्पत्ति दान गरेर वृन्दावन जान्छु : दुर्गा प्रसाईं

काठमाण्डौ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका व्यवसायी दुर्गा प्रसाईंले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै मात्र सीट जिते आफू सम्पूर्ण सम्पत्ति दान गरेर वृन्दावन जाने सार्वजनिक घोषणा गरेका छन् ।

बुधवार भक्तपुरको सूर्यविनायकमा आफ्नै लगानीमा खुलेको तरकारी बजार उद्घाटनका क्रममा प्रसाईंले माओवादी र नेकपा एस नक्कली कम्युनिस्ट भएको टिप्पणी गर्दै आगामी चुनावमा ती दुई कम्युनिस्ट पार्टीले एक सीट जिते आफ्नो सबै सम्पत्ति दान गरेर वृन्दावन जाने बताएका हुन् ।

‘चुनौती दिएर भन्छु, माओवादी र एसले कुनै निर्वाचन क्षेत्रबाट एक सीट जितेमा उनीहरूले इच्छाएको व्यक्तिको नाममा सम्पत्ति दिएर वृन्दावन जानेछु,’ प्रसाईंले भने ।
उनले नेकपाको सरकार ढालेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल अनैतिक साँठगाँठमा लागेको आरोप लगाए ।

‘गठबन्धनको भीख माग्दै कांग्रेसको पुच्छर समात्दै राजनीतिको वैतरणी तर्न खोज्ने प्रचण्ड र माधव नेपाल चुनावपछि कहाँ हुनेछन्, केपी ओलीले बनाएको धरहराको बादर्लीबाट हेर्नु पर्नेछ,’ प्रसाईंले भने ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी