बुटवल । अनेरास्ववियु रुपन्देहीले स्वर्गीय रामनाथ ढकालको स्मृतिमा सन्चालन गरेको जिल्ला स्तरीय छात्र भलिवल प्रतियोगिता अखिल कप २०७८ को दोस्रो दिनको पहिलो खेल देवदह आदर्श बहुमुखी क्याम्पस र लुम्बिनी बौद्ध बिश्वबिद्धालयबिच सम्पन्न भएको छ । खेलमा देवदह आदर्श बहुमुखी क्याम्पसले २-१ लुम्बिनी बौद्ध बिश्वबिद्धालयलाई पछि पार्दै जित हासिल गरेको हो। देवदह आदर्श बहुमुखी क्याम्पसले पहिलो सेटमा २१-२५ दोश्रो सेटमा २५-१४ र तेस्रो सेटमा २५-१५ अन्क हासिल गरेको हो ।
दोस्रो खेलमा भैरहवा बहुमुखी क्याम्पस र कुवरवर्ती कलेज बिच भएको छ । उक्त खेलमा कुवरबर्ती कलेजले २-० को सोझो सेटले भैरहवा बहुमुखी क्याम्पसलाई हराउदै बिजयी हासिल गरेको छ ।
प्रतियोगितामा रास्ट्रिय भलिबल रेफ्री यमन सलामी मगर, राजेन्द्र गिरी, बुद्धि बश्याल, बिष्णु मल्ल, सन्तोष कुवरले अफिसियल भुमिका निर्वाह गर्नुभएको छ ।