निर्वाचनबाट तर्सिको छ वर्तमान सत्ता गठबन्धन : एमाले उपाध्यक्ष पौडेल

फाइल फाेटाे

सिद्धार्थनगर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको पाँच दलीय सत्ता गठबन्धन निर्वाचन सुन्नासाथ तर्सिने गरेको बताउनुभएको छ । एमाले सिद्धार्थनगर नगर कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेको खुलासा पनि गर्नुभयो ।

‘नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेको हो । त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौ भनी खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन । निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ,’ पौडेलले भन्नुभयो ।

उहाँले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार आत्तिएको र चुनाव टार्ने षडयन्त्र जारी राखेको पनि बताउनु भयो ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ