झन्डै ६ करोड खर्चेर बनाइयो रोल्पामा ‘भ्यु टावर’

रोल्पा। रोल्पामा झन्डै ६ करोड लगानीमा टावर निर्माण गरिएको छ।रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर ३ सातदोबाटोको डाँडोमा टावर निर्माण गरिएको हो। टावरको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)  ले सोमवार उद्धाटन गरे।
‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले बताए। नगरपालिकाको लगानीमा निर्माण भएको टावरको अगाडि ०५२ फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो पोष्टरबाट दुई वटा शालिक निर्माण गरिएका छन्। सातदोबाटोमा जनयुद्ध स्मृति भ्यु टावर उद्घाटन गर्दै प्रचण्ड रोल्पाभर सहादत प्राप्त गरेका ७६२ र राज्य पक्षबाट बेपत्ता पारिएका थप १६५ गरी कूल ९४६ जनाको स्मृतिमा टावर नजिकै अर्को शालिक निर्माण उनले बताए। ‘रोल्पा जनयुद्धको उद्गम स्थल हो र जनयुद्ध स्मृति टावरले युद्ध पर्यटनको विकासमा मद्दत गर्न सक्छ भन्ने हाम्रो बुझाइ छ,’ मेयर केसीले भने।
पहाडको डाँडोमा किन टावर चाहियो भनेर आलोचना हुने गरेको प्रश्नमा उनले भने, ‘यो टावर नगरपालिकाको आयआर्जनको माध्यम बन्न सक्छ। मासिक दुई लाख आउने गरी टेन्डर आह्वान गरेर व्यवस्थापन गर्न लागिएको छ।’

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु