एमाले केन्द्रीय कमिटी बैठक आज

सिम्रिक आवाज काठमाण्डौ । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ। बुधबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बैठक बस्ने केन्द्रीय सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचन केन्द्रित रहेर दुई दिन केन्द्रीय कमिटीको बैठक बस्न लागेको बताउनुभयो। ढुङ्गेलका अनुसार बैठकले केन्द्रीय सदस्यलाई आफ्नो क्षेत्रमा स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिम्मेवारीसमेत बाँडफाँड र भावी रणनीति तय गर्नेछ।

बैठकमा संसदभित्र एमालेले विरोध जारी रहँदारहँदै एमसीसी पारित गरिएको, प्रधानन्यायाधीशविरुद्धको महाभियोग छलफलमा जाँदै गरेको, सरकार अकर्मण्य बनेको, अर्थतन्त्र लथालिङ्ग हुँदै भएकाले सरकारको समग्र कामको समीक्षासहित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ