दुई वर्षपछि होलीको उल्लासमा बुटवल

४ चैत, बुटवल । कोरोना महामारीका कारण होली विशेष सांगीतिक कार्यक्रम हुन नसकेको बुटवलमा यो वर्षको होली उल्लासमय बन्यो ।

हरेक बर्ष बुटवलका ट्राफिकचोकमा हुने गरेको होली विशेष रमझम कोरोना महामारीका कारणले बितेका दुई बर्षसम्म हुन नसकेको यो वर्ष भने पुनः निरन्तरता पायो । सडक विस्तारको क्रममा रहेकाले यो बर्ष बिगतका बर्षमा हुने स्थान भन्दा फरक स्थानमा होलीको बिशेष रमझम देखियो ।


होलीका दिन बुटवल बजार बन्द गर्ने र खुला ठाउँमा युवा युवतीहरुदेखि पाको उमेरसम्मका स्थानीय बासिन्दा जम्मा भएर एक आपसमा अबीर लगाई थरिथरिका होलीका गीत बजाएर दिनभर नाच्ने परम्परा छ ।

कोभिडका कारण पछिल्ला २ वर्ष होलीमा रमाउन नपाएका किशोर किशोरी यो वर्ष उत्साहका साथ रमाए ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु