गण्डकी प्रदेश स्तरिय तेक्वान्दोमा कास्की प्रथम

कास्की । गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण मेडलसहित कास्की प्रथम भएको छ ।

पोखरामा सम्पन प्रतियोगितामा ४ सवर्ण मेडलसहित म्याग्दी दोश्रो र ४ स्वर्ण मेडलसहित पर्वतले तेस्रो स्थान प्राप्त गरेको छ ।प्रतियोगितामा कास्कीले थप ११, म्याग्दीले ५ र पर्वतले ३ रजत पदक पाएका थिए ।

पुरुष र महिला तर्फको गरी २६ खेलमा १ सय १३ जना खेलाडी सहभागी रहेका थिए । गोल्ड मेडल ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागि छनोटमा परेका छन् ।

छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ के.जी. समुह तर्फ मन्दिप सुनार, ५८ के.जी.मा पर्वतका सुरज कडेल र ६३ के.जी.मा पर्वतकै प्रकास माझी रहेका छन भने ६८ के.जी.मा कास्कीका हेमन गुरुङ छन । त्यसैगरी ७४ के.जी. समुह तर्फ म्याग्दीका कृपेस शर्मा र ८० के.जी. समुहमा कास्की सकील लामगादे, ८७ के.जी. मा निरज नेपाली र ८७ के.जी. मै पर्वतका सुजन रोक्का रहेका छन् ।

यस्तै, पुरुष जुनियर तर्फ ४८ के.जी. समुहमा म्याग्दीका दिपेस पुर्जा, ५५ के.जी. समुहमा कास्कीका सुजन गुरुङ, ६३ के.जी. समुहमा तनहुँका राजन परियार छन भन्ने नवलपुरका मनिष महतो र नवलपुरकै सुरेश जेडिमगर ७८ के.जी. समुहमा विजयी भएका छन् ।

महिला सिनियर तर्फ ४६ के.जी. समुहमा म्याग्दीका इशा गर्बुजा, ४९ के.जी.मा कास्कीका सरिता बयलकोटी, ५३ के.जी. समुहमा मनालिसा मल्ल, ५७ के.जी. मा अन्जना परियार, ६२ के.जी. समुहमा पार्वती श्रेष्ठ, ६७ के.जी. समुहमा पर्वतका स्मृती नेपाली र ७३ के.जी.मा म्याग्दीकी ममता गर्वुजा रहेका छन् । यस्तै, महिला जुनियर तर्फको ४४ के.जी. मुुनि गोरर्खाकी आकृती श्रेष्ठ, ४९ के.जी. मा कास्कीकै अनिसा परियार, ५५ के.जी. मा सदिक्षा सुनार छनोट भएका छन् भन्ने बाग्लुङकै बुद्ध गुरुङ, ५५ के.जी. र ६८ के.जी. मा ग्रिन गुरुङ छनोट भएका छन् ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले ट्रफी प्रदान गर्नुभयो ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु