बुटवल, फागुन २७ । नेकपा एमाले निकट जनसाँस्कृतिक महासंघ रुपन्देहीको अध्यक्षमा लक्ष्मण खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार बुटवलमा सम्पन्न १० औं जिल्ला अधिवेशनबाट खड्का निर्वाचित हुनुभएको हो । महासंघको उपाध्यक्षमा बिजय सापकोटा र सपना गाहा, सचिवमा दिपक गरौजा मगर, सहसचिवमा उज्वल गिरी, किशोर थापा, कोषाध्यक्षमा रामप्रसाद पाण्डे निर्वाचित हुनुभएको हो । त्यस्तै सदस्यमा पुरुषोत्तम पाण्डे, रमेश रेग्मी, प्रविन गैरे, पुर्ण सुनाम, शकुन्तला गैरे, हरि बिश्वकर्मा, यम पुन, बसन्त लम्साल, भुवन बराल, केशवराज ज्ञवाली, पुर्णिमा राना, बिजया थापा, रामप्रसाद भुसाल, आरती गुरुङ्ग, रामप्रसाद पौडेल र बेनबहादुर थापा निर्वाचित हुनुभएको छ ।
जनसाँस्कृतिक महासंघ अन्तर्गतका विभिन्न विधामा समेत नेतृत्व चयन भएको नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा जनसाँस्कृतिक महासंघ इन्चार्ज सरोज पोखरेलले बताउनुभएको थियो ।
जिल्ला अधिवेशन नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज भुमिश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले रुपन्देही जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र के.सी., जिल्ला सचिवालय सदस्य तथा बुटवल उपमहानगर इन्चार्ज ऋषिराम पाण्डे, सहइन्चार्ज यम पाण्डे, जिल्ला कमिटी सदस्य तथा जनसाँस्कृतिक महासंघ इन्चार्ज सरोज पोखरेल, सहइन्चार्ज शोभा सुवेदी, महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज नारायण लेकाली, सहइन्चार्ज धुव्र थापा, लुम्बिनी प्रदेश संयोजक नारायण घिमिरे, प्रदेश सचिव बिजय सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

