कांग्रेस रुपन्देही : ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने अभियान सफल पार्ने विभिन्न कार्यक्रम गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई बढी भन्दा बढी सिटमा जिताउन पार्टीको केन्द्रिय समितिले सुरु गरेको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन कांग्रेस रुपन्देहीले पनि अभियान चलाउने भएको हो । कांग्रेस केन्द्रिय कार्यसमितिको २५ गते बुधबार बसेको बैठकले देशभर ७७ वटै जिल्लामा केन्द्रिय सदस्य प्रतिनिधिको रुपमा खटाएको छ ।

कांग्रेस केन्द्रिय समितिको निर्णय बमोजिम रुपन्देही जिल्लाको लागि केन्द्रिय प्रतिनिधिको रुपमा पार्टीका प्रभावशाली नेता, केन्द्रिय समिति सदस्य, पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा आउने भएका छन् । अभियान फागुन २९ देखि चैत २९ गतेसम्म १ महिनासम्म हुने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । जनताको कुरा सुन्न कांग्रेस घर–घरमा जानको लागि २९ गते केन्द्रिय समिति सदस्य, पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाको उपस्थितिमा पार्टीले आम भेला राखेको उनले जानकारी दिए ।फागुन २९ गते भेला र ३० गते बैठक राखिएको छ । उक्त भेलाको लागि कांग्रेस रुपन्देहीले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरु, उपमहानगर नगरपालिका, नगरपालिका, गाँउपालिका, वडा तहका सम्पूर्ण पदाधिकारी सदस्य र अन्य क्रियाशिल सदस्यहरुलाई भैरहवा पार्टी कार्यालयमा उपस्थितिको लागि कांग्रेसले आव्हान गरेको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी