ट्र्याक्टर दुर्घटना हुँदा अर्घाखाँचीमा एक जनाको ज्यान गयो

अर्घाखाँची । अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मालारानी गाउँपालिका ४ नुगाली टोलमा लु ४ प २७९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीयवासी २७ वर्षीय कमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । ट्रयाक्टर दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ट्र्याक्टरमा चालकसहित तीन जना रहेकामा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै सामान्य घाइते भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु