देवदह खानेपानीमा चुनावी सरगर्मी, एमाले र ६ दलीय गठबन्धन आम्नेसाम्ने

सुरज भट्टराई, रुपन्देही। शनिबार हुन लागेको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनका लागि उम्मेद्वारहरु छुट्टाछुट्टै प्यानल बनाएरै चुनावी मैदानमा होमिएका छन् । एकल उमेदवारी दिएको एमालेले निर्वाचनमा ६ दलिय गठबन्धनको सामना गर्नुपर्ने छ।
नेकपा माओबादी केन्द्र, नेपाली काङ्ग्रेस , राप्रपा, राष्ट्रिय जनमोर्चा , नेकपा एकीकृत समाजबादी र क्रान्तिकारी माओबादीले गठबन्धनको तर्फबाट उमेदवारी दिएका छन।

एमालेले पार्टीका जिल्ला कमिटी सदस्य तथा देवदह खानेपानीका निवर्तमान अध्यक्ष गुमानसिह कुवरलाई अध्यक्षका रुपमा अघि सारेको छ भने, गठबन्धनले नेकपा माओवादी केन्द्रका मोतिलाल ढकालको नेतृत्वमा प्यानल बनाएर चुनाबी मोर्चा कसेको छ।
यसैवीच, एमाले तर्फका अध्यक्षका उम्मेद्वार कुंवरले खैरेनीमा बिहिबार बिहान पत्रकार सम्मेलन मार्फत चुनाबी प्रतिबद्वता सार्वजनिक गर्नुभएको छ ।उहाँले सहलगानीको आयोजनालाई सम्पन्न गर्ने,दुई सय किलोमिटर पाइप विस्तार गर्ने कार्यलाई पुर्णता दिने, धारा जडान तथा महसुल मूल्य घटाउने, फिल्टर प्लान्ट निर्माण गरि उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलबध गराउने लगायतका प्रतिवद्धता गर्नुभएको छ।
निर्वाचनको मिती नजिकिएसंगै मतदातालाई आफ्नो पक्षमा तान्न उम्मेद्वारहरु घरदैलो गरिरहेका छन । देवदह खानेपानीमा ४ हजार ३ सय मतदाता छ्न।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी