जडिबुटी टिप्न गएका दुईको मृत्यु, ३४ जना हिउँमा फसे

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ८ को गाग्रे पाटनमा जडीबुटी संकलन गरेर फर्किने क्रममा हिमपातको चिसोका कारण दुईजनाको मृत्यु भएको छ । तातोपानी– ८ की ३७ वर्षीया देवी शाही र वडा नं. ७ का ४६ वर्षीय मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनुभयाे।

भारी हिमपातका कारण ३४ स्थानीय दुई दिनदेखि पाटनमै फसेका छन् । प्रदेश सरकारले हेलिकोप्टरमार्फत पाटनमा केही दिनलाई पुग्ने खाद्य सामग्री तथा औषधि झारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढथापाले बताउनुभयाे । सिडिओ विजयाकुमारी प्रसाईंले राहत झार्ने क्रममा २० जना पाटनमा देखापरेको र ठाउँ–ठाउँमा धुवाँ देखिएकाले अरू पनि सुरक्षित रहेको अनुमान गरिएको बताउनुभयाे । समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ