कार्यकर्ताको रोजाइँमा मधुर

प्युठान। नेकपा एमाले प्युठानको आगामी नेतृत्वका लागि ४ जना आकांक्षी देखिएका छन् । अध्यक्षका लागि बर्तमान उपसचिब मधुर शर्मा, जिल्ला सचिबालय सदस्य नेहरसिंह केसि, प्रदेश सदस्य अजय सिंह र बिजयबिराज बिस्टले आ(आफ्नो लविङ सुरु गरेका छन् ।
स्थानीय नेताहरुका अनुसार चुनावी चर्चामा धेरै आए पनि अहिले नेतृत्वको बलियो दाबेदार भने उपसचिव मधुर शर्मा नै रहेको एमाले नेता, कार्यकर्ताहरु सुनाउँछन् । हालका पदाधिकारीहरु मध्ये बर्तमान अध्यक्ष, उपाध्यक्ष र सचिबले अध्यक्षमा दाबी नगर्ने निश्चित भएपछि यसपटकको नेतृत्व शर्मालाई दिनुपर्ने एमाले कार्यकर्ताहरुको मत छ ।
आफ्नो व्यक्तिगत स्वार्थ र अवसर भन्दा पार्टी र जनताको हितलाई प्राथमिकता दिने भएकाले पनि नेतृत्वमा नेता शर्माको बिकल्प नरहेको उनी निकट कार्यकर्ता बताउँछन । आम पार्टी कार्यकर्ताको चाहना अध्यक्षमा उठ्नु भन्ने रहेकाले अगाडि बढेकोे उनको भनाइ छ ।
जनताका समस्यालाई आफ्नै समस्याजस्तै मानेर सुल्झाउने नेताहरुको अग्रपङ्तिमा शर्माको नाम लिने गरिन्छ । युवा नेता शर्माले दल भित्र र बाहिरका सबै नेता कार्यकर्तासँग सुमधुर सम्बन्ध स्थापित गरेका कारणले पनि उनी सबैमाझ प्रिय छन् । मनमा लागेको कुरा स्पष्टसँग भन्ने र सानाठूलासँग छिट्टै घुलमिल हुनसक्ने उनमा स्वभाव छ । यही स्वाभावले पनि उनी आफ्नो र बाहिरी दलका नेता, कार्यकर्ताहरुसँग छिट्टै घुलमिल हुन्छन् ।
वौद्धिकता र अध्ययनशिल व्यक्तित्व, जिम्मेवारी प्रतिको लगनशिलता, विकास प्रतिको चासो, चिन्ता ,सहज र सरल स्वभावका कारण कार्यकर्ता माझ धेरै नै लोकप्रिय नेताका रूपमा नेता शर्मा चिनिन्छन । उनले युवा संघ नेपालको तेस्रो राष्ट्रि सम्मेलनबाट केन्द्रिय सदस्य भएर काम गरेका थिए ।
पार्टी गाउँ, जिल्ला र प्रदेशहुँदै केन्द्रिय तहसम्म सम्वन्ध स्थापित गर्नसक्ने बोलियो संयत्र रहेको शर्मासँग देखिन्छ । गाउँका समस्या सिँधै केन्द्रमा राखेर ध्यानाकर्षण गराई जनताका समस्या समाधान गर्नतर्फ उनमा दरिलो खुबी देखिन्छ । उनको यही क्षमता र दक्षताका कारण अवको नेतृत्व शर्मालाई नै दिनुपर्ने एमाले नेता, कार्यकर्ताहरुको जोड देखिन्छ । पुस २३ गते हुन लागेको अधिवेशनमा जिल्लाभरबाट ५ सय ५० प्रतिनिधि सहभागी हुने एमाले प्युठानले जनाएको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु