कपिलवस्तुमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

कपिलबस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाईमा ट्याक्टर पल्टिदा २ जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मङ्गलवार बिहान ७ बजे दुर्घटना भएको थियो । बालुवा लोड गर्न जान लेबर लिएर हिँडेको खाली ट्याक्टर सडक देखी अन्दाजी ५ मिटर तल खसेको थियो । घटनामा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र वर्ष १६ की वालिका फुल कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

बालुवा लिनको लागि बुद्धभूमि ४ बुड्ढी जाने क्रममा बिहान ७ बजे दुर्घटना भएको थियो । यसै गरी घटनामा परी बलराम सुनार, कृष्ण बिक, सरिता थारु र सीमा थारु घाइते भएका छन् । ती मध्ये बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ