तिलोत्तमा व्यापार महोत्सव माघ दोस्रो सातादेखि

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमामा माघ १३ गतेदेखि दोस्रो औद्योगिक व्‍यापार मेला तथा कृषि र पर्यटन महोत्सव हुने भएको छ।

तिलोत्तमा चेम्बर अफ कमर्सको मुख्य आयोजना तथा नेपाल चेम्बर अफ कमर्स,लुम्बिनी चेम्बर अफ कमर्स र रुपन्देही ब्यापार संघको सहआयोजनामा तिलोत्तमा-५ मणिग्राममा माघ १३ देखि माघ २४ गतेसम्म ब्यापार मेला सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।
‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्‍यापार विस्तार’ मूल नाराका साथ आयोजित मेलामा स्वदेशी तथा विदेशी कृषिजन्य, औद्योगिक, हस्तकला, गार्मेन्ट, दैनिक उपभोग्य, अटो मोबाइल्स, सूचना प्रबिधि लगायतका ३ सय बढी स्टल रहने संघका अध्यक्ष बाबुलाल भुसालले बताए ।
मेला २ लाख दर्शकले अवलोकन गर्ने र करीब १० करोडको कारोबार हुने लक्ष्य रहेको महासचिव बिष्णु बरालले बताए ।
मेलामा पर्यटन, कृषि र ब्यापार प्रबद्र्धनका लागि गोष्ठी र सेमिनार पनि गरिने संघका उपाध्यक्ष रामचन्द्र पाण्डेले बताए। मेलामा लोक दोहोरी गीत प्रतियोगिता,डान्स आइडल लगायत मनोरन्जनात्मक कार्यक्रम पनि रहेका उनले बताए ।
पत्रकार सम्मेलनमा तिलोत्तमा ५ का वडा अध्यक्ष चेतनारायण भण्डारी, चेम्बर अफ कमर्स लुम्बिनीका महासचिव जेपी कंडेलले मेललाई उपभोक्तामैत्री र गुणस्तरीय बनाउन सुझाव दिएका छन् ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु