देवदहमा खैरेनी पोलिक्लिनिक सञ्चालन

सुरज भट्टराई, देवदह। रुपन्देहीको देवदह नगरपालिका स्थित खैरेनीमा खैरेनी पोलिक्लिनिक सञ्चालनमा आएको छ । देवदह मेडिकल कलेजका, अस्पताल निर्देशक डा.जयराज शर्माले आइतबार पोलिक्लिनिकको उद्घाटन गरे । क्लिनिकको उद्घाटन गर्दै शर्माले पोलिक्लिनिकले गुणस्तरीय स्वास्थ्य उपचार सेवामा द्यान दिनुपर्ने बताए।

चारजना युवकहरूको संयुक्त लगानीमा पोलिक्लिनिक सञ्चालनमा ल्याईएको प्रबन्ध निर्देशक मधु भण्डारीले जानकारी दिए । उनका अनुसार कुल १ करोड ५० लाख लगानीमा क्लिनिक संचालन गरिएको हो ।
यश अघि सामान्य समस्याको लागि पनि बुटवल धाउन पर्ने देवदह बासीको बाध्यता थियो।

भण्डारीका अनुसार पोलिक्लिनिकले प्रत्येक दिन विशेषज्ञ चिकित्सकहरूले सेवा दिने बताए । सबै प्रकारको उपचार केन्द्र बनाउने गरी क्लिनिक सुरू गरिएको उनले बताए । साथै प्रत्येक महिना स्वास्थ्य शिविर पनि क्लिनिकले संचालन गर्ने छ।
क्लिनिकमा विशेषज्ञ डाक्टरबाट २४ सै घण्टा सेवा, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवा, भिडियो एक्स-रे सेवा, डिजिटल एक्स-रे सेवा , नेबुलाइजर सेवा, ई.सि.जि. सेवा, माइनर अप्रेशन र होलबडि चेकअप,इमरजेन्सी सेवा, उपलब्ध हुने सञ्चालक सुबास खातिले बताए ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ