दशैंमा विदा रहेका सरकारी र निजी कार्यालय आजबाट खुल्ने

काठमाडौं । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था आजदेखि सञ्चालनमा आउने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालयहरु सञ्चालनमा आएका हुन् ।

असोज २६ गते फूलपाती देखि ५ दिन बन्द रहेको सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था आजदेखि खुल्ने भएका हुन् । सेयर बजार पनि आजैबाट खुल्नेछ।

यस्तै दशैँ मनाउन कार्यक्षेत्रबाट घर–गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । यसवर्ष कोरोना सङ्क्रमणमा कमी आएसँगै करिब १० लाख मानिस काठमाडौंबाट बाहिरिएको अनुमान गरिएको छ ।

त्यसैले यसपटक दशैंमा निकै चहलपहल देखिएको छ। दशैँ बिदा सकिएकाले काठमाडौसहित मूख्य शहरमा चहलपहल बढेको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी