रुपन्देहीको देवदहमा तेस्राे भवानीपुर ब्याडमिन्टन कप – २०७८ “सि लेभल एण्ड भेटरान्स डबल प्रतियोगिता” सम्पन्न

सुरज भट्टराई,देवदह । रुपन्देहीको देवदहमा तेस्राे भवानीपुर ब्याडमिन्टन कप – २०७८ “सि लेभल एण्ड भेटरान्स डबल प्रतियोगिता” सम्पन्न भएको छ । भवानीपुर ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रतियोगितामा सि लेभल डबल तर्फ  युवराज पुन र  विवेक पुन ,देबदह-१०, भलुहीको टिम प्रथम भएका थिए । त्यस्तै देवदह ९ भलुहिका मिलन र चन्द्रको समूह दोश्रो र खैरेनीका सुरज सुनार र कमल बि.क र बेलबासको सुर्य र कुमारको समूह तेश्रो भएका थिए  ।

त्यस्तै भेटरान्स डबल तर्फ भने तामनगरको समुह भिम साही र  मधु पुलामी प्रथम भएका थिए । तिलाेत्तमाका रन बा. थापा र कृष्ण सारू दोश्रो र भवानीपुरको समूह जय बा. थापा र लुक बा. थापा तेश्रो भएको आयोजक संस्थाको सदस्य बिराज भण्डारीले जानकारी दिएका थिए ।

विजेता खेलाडीहरूलाई सनिवार आयोजित समापन समारोहका प्रमुख अतिथि तेजु प्रसाद शर्मा, कार्यक्रमका अध्यक्ष सचिन खवास र मुख्य प्रायोजक हयाराम चाैधरी र अन्य अतिथिले प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार रुपैयाँ  , दोस्रो हुनेलाई ८ हजार  रुपैयाँ र तेश्रो हुनेले ३ हजार  रुपैयाँ , ट्रफि, मेडल र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ