जमुनाहा नाकामा कुकुर परिचालन

बाँके। चाडपर्व नजिकिँदै जाँदा आवाञ्छित गतिविधी रोक्न बाँके प्रहरीले जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । नेपालगञ्जको जमुनाहा नाकामा शनिवार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको सुरक्षा जाँच शुरु भएको छ ।

दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत नेपाल–भारतसँग जोडिएको जमुनाह नाकामा तालिमप्राप्त कुकुरहरुको सहयोगमा नेपाल भित्रिने यात्रुहरुलाई जाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो।

भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलर सहित सुरक्षाकर्मीहरु सीमानाकामा खटिएका छन् ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ