लुम्बिनीमा ट्राफिक नियम उल्लघंन गर्ने ७५३ जना कार्वाहीमा

दाङ । लुम्बिनी प्रदेशमा ट्राफिक नियम विपरित सवारी सधान चलाउने ७ सय ३५ जना कार्वाहीमा परेका छन्। यो कार्वाहीको संख्या एक दिनको हो । मंगलबार विहान ५ बजेदेखि बुधबार विहान ५ सम्म २४ घण्टाको अवधिमा प्रदेशका विभिन्न जिल्लामा ट्राफिक प्रहरीले उनीहरुलाई कार्वाही गरेको हो ।

कार्वाहीमा परेका ७ सय ३५ जनाबाट ट्राफिक प्रहरीले ४ लाख ९० हजार रुपैयाँ राजस्वसमेत उठाएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। यसरी कार्वाहीमा पर्नेमा सबैभन्दा धेरै नवलपरासी पश्चिममा १ सय ६४ जना रहेका छन् । त्यसपछि बाँकेमा १ सय १९, दाङमा ९८, रुपन्देहीमा ८५, कपिलवस्तुमा ७८, बर्दियामा ५४ जना रहेका छन् ।

त्यसैगरी पाल्पामा ५३, गुल्मीमा २१, अर्घाखाँचीमा २६, प्युठानमा २२, रोल्पामा ११ र रुकुम पूर्वमा ४ जना रहेका छन् ।

यसैबीच सोही समयवधिमा लुम्बिनी प्रदेशको तीन जिल्ला नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुबाट प्रहरीले भन्सार छली गरी ल्याएको विभिन्न अवैध सामान बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रहरीले कपडा, चिनी, चामल, लाइटका सामानहरु, स्मोकिङ पेपर तथा अन्य सामान बरामद गरेको हो ।

जसबाट २ लाख २१ हजार २सय बराबरको राजस्व उठेको प्रहरीले जनाएको छ। चडपर्व नजिकिएसँगै प्रहरीले यात्रु सहायता कक्ष स्थापनाका साथै नाकामा चेकजाँच पनि बढाएको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु