धार्मिकस्थल लुम्बिनीमा चहलपहल सुरु

काठमाडाैँ – कोरोना संक्रमणको जोखिमसँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरु भएको हो ।

साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको साथै विदेशी पर्यटक आउन थालेका छन् । लुम्बिनी विकास कोषको सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटककोे संख्या अहिले न्युन भए पनि नेपाल सरकारले अनअराइभल भीसा दिन सुरु गरेकाले अब पर्यटकको आगमन बढ्ने विस्वास गर्नुभयो ।

लुम्बिनी विकाश कोषले विश्व पर्यटन दिवशको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरुको मर्मत तथा सरसफाइको काम गरिरहेको छ ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ