बुटवलमा टिपर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान पौने २ बजे पश्चिमबाट बुटवल आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिपर नेपालगञ्जरोड, बुटवलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

घाइते हुनेहरुमा चालक रिब्दीकोट गाउँपालिका, पाल्पाका ३४ वर्षीय शेरबहादुर सुनार र मकवानपुरका ३२ वर्षीय युवा रहेका छन् । पूर्ण विवरण नखुलेका ३२ वर्षीय युवाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

टिप्पर सडकबाट तल खसेको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु