साफ च्याम्पियनसिप : माल्दिभ्स विरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ – साफ च्याम्पियनसिप- २०२१ मा नेपालले एतिहासिक विजय सुरुवात गरेको छ । शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो।

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै नेपालको जितका लागि निर्णायक बनेको हो ।

नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका मनिषले विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई अघि बढाउँदै गोल गरेका थिए । यसअघि शुक्रबार दिउँसो भएको पहिलो खेलमा बंगलादेशले पनि १–० गोलअन्तरले श्रीलंकालाई हराउँदै विजय सुरुवात गरेको छ ।

नेपालले अब सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयानुसार सोमबार राति ९:४५ बजे हुनेछ। सोमबारकै पहिलो खेलमा भने भारत र बंगलादेश भिड्नेछन् ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु